समाचार

फेकोफनद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

संवाददाता

 खबरबाकस \ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढीले कोरोना महामारीको बढ्दो अवस्थामा मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सोमबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको कार्य कक्षमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । फेकोफन बागमती प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईले अध्यक्ष हुमागाईलाई नेवुलाइजर मेशिन २ थान, अक्सिमिटर ३ थान, थर्मलगन १ थान, फेस शिल्ड १५ थान, ग्लोब्स १०० थान, सेनिटाइटर १० लिटर माक्स ८०० थान हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने लगायतकाको उपस्थिती रहेको थियो ।

सामान हस्तान्तरण पश्चात गाउँपालिकाका अध्यक्ष हुमागाईले फेकोफनलाई धन्यवाद दिदैं गाउँबासीहरुलाई सुरक्षित रहि घरमा नै बस्न आग्रह गरेका छन् ।