समाचार

नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई युनिलिभरको सहयोग

संवाददाता

हेटौंडा \ हेटौंडा ७ नागस्वती स्थित नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई आइतबार हेटौंडा ३ मा रहेको युनिलिभर नेपालले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेक‍ छ ।आइतबार शहरी स्वास्थ्य केन्द्रमा पुगेर युनिलिभरका मानव संशाधन अधिकृत कुशल थापाले ७ नम्वर वडा अध्यक्ष राजन थापालाई सो सामाग्री हस्तान्तरण गरेका हुन ।

गत वर्ष समेत ३०० प्याकेट राहत सामाग्री वडालाई हस्तान्तरण गरेको थियो । यस वर्ष पनि युनिलिभरले एक लाख बराबरको साबुन पन्जा तथा माक्स सहयोग गरेको हो । युनिलिभरमा कार्यरत नागस्वतीका रुपक चौलागाईंको पहलमा सो सामाग्री हस्तान्तरण गरिएको ह‍ो । सहयोग कार्यक्रममा नागस्वती शहरी स्वस्थ्य केन्द्रका नोख बहादुर लामिछाने ,बिजयता सापकोटा लगायतको उपस्थिति रहेको थियो ।