
मकवानपुर \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा कोभिडको कारण प्रभावितहरुलाई सहयोग पु¥याउने उद्देश्यले स्थापित कोभिड हेल्प डेस्कले नेपाल पत्रकार महासंघ मकवानपुरलाई शनिबार सहयोग गरेको छ ।
५० थान फेस सिल्ड र १०० जोर मेडिकल ग्लोब्स सहयोग गरिएको हो । नागरिकस्तरमा पत्रकारहरु खट्ने भएकोले पत्रकारहरुको सुरक्षा आवश्यक रहेकोले हेल्प डेस्क टिमले सहयोग गरेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, भुवनलाल श्रेष्ठ, बद्रि प्रसाद चौलागाई, बासु खतिवडा, शंकरलाल श्रेष्ठ, राम विष्टलगायतको सहभागिता रहेको थियो ।
हेल्प डेस्क टिमले ३६ वटा सिलिण्डरमा अक्सिजन भरी १० सिलिण्डर अक्सिजन लायन्स क्लबलाई अक्सिजन बैंकको लागि सहयोग गरेको जनाएको छ । हेल्प डेस्कको सदस्य संस्था कृष्ण प्रणामी समाजले कोभिडको कारण संकटमा परेकाहरुलाई निःशुल्क खाना वितरण गरिरहेको छ ।








