
हेटौंडा लेडी जेसीजद्धारा शनिबार फलफुल तथा जुस वितरण गरेको छ । गणतन्त्र दिवसको अवसरमा हेटौंडा अस्पतालमा उपचाररत ९० जना विरामी तथा स्वास्थ्यकर्मीलाई फलफुल तथा जुस वितरण गरिएको कार्यक्रम संयोजक जयन्ती श्रेष्ठले बताइन् ।
अस्पतालका उत्सव चौलागाई, सुपेन्द्र कार्कीलगायतको उपस्थितीमा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष रश्मि बस्नेत सहित जेसीजका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त फलफुल ३० हजार बराबरको अलिशा भेजिटेवल सप्लायर्स र राजेन्द्र लामिछानेबाछ जुस सहयोग भएको थियो ।








