
व्यवसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।
कोरोना भाइरसको संक्रमित न्यौपानेको आज बिहान निधन भएको हो । कोरोना पुष्टि भई विगत ९ दिनदेखि विराटनगर स्थित विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार गराइरहेका ४७ बर्षीय न्यौपानेको आज बिहान निधन भएको हो। न्यौपाने इटहरीबाट सञ्चालित रेडियो सप्तकोशीका सञ्चालक समेत हुन।








