समाचार

हेटौंडामा तीस जनाद्धारा रक्तदान

संवाददाता

हेटौंडामा मंगलबार ३० जनाले रक्तदान गरेका छन् । हेटौंडा लेडी जेसीजको आयोजनामा रक्तदान भएको हो । कोरोना संक्रमणको बेला रगत अभाव नहोस् भन्ने हेतु र रक्त संचार केन्द्रमा रगत अभाव भएको जानकारी पछि रक्तदानको आयोजना गरिएको अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहालको उपस्थितीमा ३० जनाले रक्तदान गरिएको कार्यक्रम संयोजक सुनिता राई बस्नेतले बताइन् । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष रश्मि बस्नेत लगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।