समाचार

हुप्रचौरमा भोलीबाट निशुल्क खाना खुवाइने

संवाददाता

कोरोना महामारीको बेला दैनिक ज्यालादारी गर्ने मजदुरी लक्षित गरि दैनिक खाना खुवाइने भएको छ । रोटरी क्लब अफ मकवानपुरले दैनिक विहानको एक छाक खाना खुवाइने क्लबका अध्यक्ष कविन साँगामीले बताए ।

हेटौंडाको हुप्रचौरमा विहान १० बजेबाट १२ बजे सम्म निशुल्क खाना खुवाउने समय राखिएको उनले बताए । जिल्ला प्रशासनबाट स्वीकृत लिएर स्वास्थ्य मापदण्ड अपनाएर खाना खुवाउने छौं उनले भने ।

रोटरीका शुक्रराज जोशी, शम्भु पुडासैनी, चुडाप्रसाद उप्रेती, सर्मेन्द्र पौडेल र रंजिता विष्टलाई मजदुरहरु नजिक रहनेले जानकारी गराइ खाना खुवाउन जानकारी दिन आग्रह गरिएको छ । गत वर्ष पनि विभिन्न संघसंस्थाले खाना खुवाएको थियो ।-तस्विर फाइल

No description available.