समाचार

हेटौंडामा जलाए पुत्ला, लगाए नारा

संवाददाता

हेटौंडामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । असवैधानिक कदम विरुद्द नेपाल तरुण दल हेटौंडा नगर समिति र वाइसिएल मकवानपुरले संयुक्त रुपमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

हेटौंडा उपमहानगर वडा नम्बर ४ शितलमहल चोकमा युवाहरुले पुत्ला जलाएका हुन् । देश कोरोना महामारीमा थलिएको बेला प्रधानमन्त्री र राष्ट्रपतिले जनताको हित विपरित काम गरेको जनताको समस्या बेवस्ता गरेको भन्दै पुत्ला जलाइएको तरुण नगर अध्यक्ष सुनिल गिरीले बताए ।

गिरी सहित पुत्ला दहन कार्यक्रममा वाइसिएल मकवानपुरका लवराज ठकुरी, अविरल गजुरेल सहितका युवाहरुको सहभागिता रहेको थियो । केपि ओली मुर्दावाद, प्रधानमन्त्रीबाट राजिनामा दे जस्ता नारा लगाइएको थियो ।