समाचार

अष्ट्रेलियामा बस्ने मकवानपरे युवाद्धारा अक्सिजन सहयोग

संवाददाता

हेटौंडा \  अष्ट्रेलियामा बसेका मकवानपुरे युवाले हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । हेटौंडा लेडि जेसिज मार्फत अस्पताललाई अक्सिजन सहयोग गरिएको हो ।

मकवानपुरबाट अष्टेलियामा काम गर्दै आएका युवाहरुले कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि सहज होस भन्ने उद्देश्यले अक्सिजन सहयोग गरेको हो ।

अष्ट्रेलियामा रहेका मकवानपुरे बिसम गौतम, बिरोध थिङ लगायतकाले सहयोग गरेको रकमबाट आज अस्पतालमा अक्सिजन सहयोग गरिएको कार्यक्रम संयोजक मेनका श्रेष्ठले बताइन् ।

संविधान सभा सदस्य अनन्त पौडेलले हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए । कार्यक्रममा हेटौंडा लेडि जेसीसका अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यक्रम संयोजक मेनुका श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।