समाचार

हेटौंडा अस्पताललाई २३ थान अक्सिजन सिलिन्डर सहयोग

संवाददाता

नेपाली काङ्ग्रेस मकवानपुरको कोभिड अनुगमन समितिको सहजिकरणमा बुधबार २३ थान अक्सिजन सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताललाई सहयोग गरेको हो ।

मकवानपुरका अस्पतालमा अक्सिजन अभाव देखिन थालेपछि बिरामीहरुको उपचारमा समस्या देखिएकाले कोभिड अनुगमन समितिले २३ थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । यस अघि अस्पताललाई ४० थान सिलिण्डर प्रदान गरिसकेको छ ।

कोभिड अनुगमन समिति मकवानपुरका संयोजक उत्सव इटेनी तरुण दल नगर अध्यक्ष सुनिल गिरी, तरुण नेता तथा समाजसेवी योग्यराज सापकोटा, पत्रकार रमेश बन्जारा सहितको टोलीले पर्सा जिल्लाको परवानिपुरबाट २३ सिलिन्डर अक्सिजन ल्याई अस्पताल प्रशासन लाई हस्तान्तरण गरेको छ ।

हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई नेपाली काङ्ग्रेस नगर सभापती आनन्दराम पराजुली समिति सयोजक उत्सव इटेनी, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, तरुण नेता योग्यराज सापकोटाले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए । तरुण नेता तथा समाजसेवी सापकोटाले उक्त सिलिण्डर खरिद गरी अस्पताललाई सहयोग गरेका थिए ।