समाचार

दाउन्नेमा बस दुघर्टना: ४ जनाको मृत्यु

संवाददाता

 हेटौंडा \  पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा दुर्घटनमा परेको हो ।

खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएकोे नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिएका छन् । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको छ ।  दुघर्टनापछि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पु¥याएको छ ।