समाचार

एम्बुलेन्सदेखि अक्सिजनसम्मको समन्वय तरुण दलले गर्ने

संवाददाता

 हेटौंडा \  नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले हेल्प लाईन शुरु गरेको छ । तरुण हेल्प लाईनले विभिन्न इश्वर पाठकको संयोजकत्वमा तरुण हेल्प लाईन गठन गरेको हो ।

हेल्प लाईनमा अक्सिजन व्यवस्थापन उपसमिति, रगत व्यवस्थापन उपसमिति, एम्बुलेन्स व्यवस्थापन उपसमिति र अस्पताल तथा आईसोलेसन व्यवस्थापन उपसमिति रहेका छन् । समितिले मकवानपुरका कोरोना संक्रमित र अन्य विरामीका लागि एम्बुलेन्सदेखि अक्सिजनसम्मको व्यवस्थापनका लागि काम गर्ने संयोजक पाठकले जानकारी दिए ।

उनले राजनैतिक दलले भोट माग्ने मात्रै नभई दुःख पर्दा जनताको सेवा गर्नुपर्ने भएकाले  तरुण दलले हेल्प लाईन गठन गरी काम थालेको बताए । उनले आवश्यक पर्दा तरुण हेल्प लाईनमा सम्पर्क गर्न समेत उनले सबैलाई आग्रह गरे