
हेटौंडा \ हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलाका व्यवसायी एवं समाजसेवी उत्तम श्रेष्ठबाट नगद सहयोग गरेका छन् । श्रेष्ठले सामुदायिक रेस्पोन्स टिमलाई २० हजार रूपैयाँ सहयोग गरेको हो ।
उनले सहयोग रकम आर्थिक तथा राहत उपसमितिका सदस्य देवराज गौतमलाई हस्तान्तरण गरेका छन् । कोरोना महामारीबाट प्रभावितको सहयोगका लागि समुदायस्तरमा भईरहेको कामलाई रकम उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको श्रेष्ठले बताए ।
कार्यक्रममा सामुदायिक कोभिड रेस्पोन्स टिमका सहसंयोजक भरत सापकोटा, उपसमिति सदस्य पवन दुलाल लगायतको सहभागिता रहेको थियोे । यसअघि पुतलीबजारका शिव दुलाल र सुशान्त दुलाले १० हजार रूपैयाँ सहयोग गरेका थिए ।
उपसमितिले ३९ हजार रूपैयाँ संकलन गरेको र प्रतिबद्धतासहित १ लाख ७३ हजार रूपैयाँ रकम पुग्ने उपसमिति सदस्य गौतमले जानकारी दिए । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा-६ र आसपासको क्षेत्रमा कोरोनाविरूद्धको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने सहसंयोजक सापकोटाले जानकारी दिए ।








