
हेटौंडा \ हेटौंडा उपमहानगर ६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलामा रहेको कविता डेरीले सहयोग गरेको छ ।
डेरीले सामुदायिक रेस्पोन्स टिमलाई १ थान अक्सिजन सिलिन्डर र ५ हजार रूपैयाँ सहयोग गरेको हो । डेरीका संचालक राजु श्रेष्ठले सहयोग रकम र सिलिन्डर आर्थिक तथा राहत उपसमितिका संयोजक नवराज न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
उपसमितिले २७ हजार रूपैयाँ संकलन गरेको र ७३ हजार रूपैयाँको प्रतिवद्धता प्राप्त भएको उपसमिति सदस्य देवराज गौतमले जानकारी दिएका छन् । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा ६ र आसपासको क्षेत्रमा कोरोनाविरूदको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने उपसमितिका सहसंयोजक भरत सापकोटाले जानकारी दिए ।








