समाचार

बकैयामा एक पुरुषको शव फेला

संवाददाता

हेटौंडा \  मकवानपुरको बकैयामा एक पुरुषको शव फेला परेको छ। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर-३ मा रहेको एक सामुदायिक विद्यालयको हाता भित्र एक पुरुषको शव फेला परेको हो  ।

गाउँपालिकाको वडा नम्बर-३ जलजलामा रहेको ज्ञान ज्योती प्राविको हाता भित्र स्थानीय  अन्दाजी ३५ वर्षीय दिपक वाईवाको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन ।

शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइदै गरेको डिएसपी रिमालले बताए । घटना हत्या हो वा आत्महत्या हो भन्ने बारेमा आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ। स्थानीयले उत्ताने परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।