समाचार

समस्यामा परेका बाबाहरुलाई पत्रकार दाहालको सहयोग

संवाददाता

हेटौंडा \  कोरोनाको कहरमा स्वास्थ्य सुरक्षाको जोखिमसँगै खाद्यान्न अभाव झेल्दै आएका बाबाहरुका लागि नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवम नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राममणी दाहालले खाद्यान्न सहयोग गरेका छन् ।
हेटौँडा १० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा बस्दै आएका पाँच जना बाबालाई पत्रकार दाहालले पाँच किलो चामल, पाँच किलो पिठो, नुन, तेल, र फलफुल लगाएको खाद्यान्न सहयोग गरेका हुन् ।

मकवानपुर जिल्लामा निषेधाज्ञा जारी भएसँगै आवागमनमा कडाइ गरेपछि हाल कतैबाट सहयोग नपाएको र कसैकोमा गएर सहयोग लिनसक्ने अवस्था समेत नभएपछि बाबाहरु दुई दिनदेखी खाद्यन्न समस्या झेल्दै आएका थिए । मन्दिर परिसरमा रहेका पाँच जना मध्ये दुई जना बाबाहरु दक्षिणकाली मन्दिरबाट मुक्तिनाथ यात्राका लागि निस्किएको तर बन्दाबन्दीका कारण समस्यामा परेको उनीहरुले गुनासो गरे ।