समाचार

लियो क्लब मकवानपुर हेटौडाको अध्यक्षमा खड्की

संवाददाता

हेटौंँडा \ शनिबार अनलाईन जुम मार्फत सम्पन्न भएको लियो क्लब अफ मकवानपुर हेटौंडाको साधारण सभाबाट सन्नि खड्की को नेतृत्वमा नयाँ समिति गठन भएको छ । क्लबको नेतृत्वको लागि खड्की, सुदर्शन बराल सुदिप, सागर ढुड्गेल र विप्लप गौतम गरी चार जनाको उम्मेदवारी रहेको थियो। नेतृत्वको लागि सहमति हुन नसके पछि अन्तत चुनावी प्रक्रिया गरिएको थियो। ४६ जना सदस्य रहेको क्लबमा चुनावमा २९ जना सदस्यहरु सहभागी भएको वर्ष २०२० /२१ क्लबका अध्यक्ष सुदिन पौडेलले बताए ।

वर्ष २०२१/२२ को लागि निर्वाचित अध्यक्ष सन्नि खड्कीले आफुले सहमतिबाट क्लबको नेतृत्व चयनको निमित्त प्रयास गर्दै गर्दा पनि सफलता प्राप्त नभए पछि निर्वाचनमा जान बाध्य भएको बताए। आफुलाई विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल भरि क्लबमा अहोरात्र लागि क्लबलाई उच्च स्थानमा पुर्याउने प्रतिवद्दता व्यक्त गरेका छन्।