समाचार

नक्कली पत्रकार मकवानपुर प्रहरीको नियन्त्रणमा

संवाददाता

हेटौंडा \  मकवानपुर प्रहरीले शनिबार विहान हेटौंडाबाट नक्कली पत्रकार नियन्त्रणमा लिएको छ ।  हेटौंडाको एक अनलाइनको कार्ड बोकेर बा ११ च ७८९० नम्बरको गाडिमा २ महिला र बच्चा बोकेर हिड्ने कृष्णबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुद्धचोकमा जाँचको क्रममा लामाले अनलाइनको चालक पदको कार्ड बोकेका थिए। उनी पत्रकार नभएको जानकारी पाएपछि उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले बताए। नक्कलि प्रमाणित भए कार्वाही गर्छौ-एसपी राठौरले भने।