
मकवानपुरको राक्सिराङमा भीरबाट लडेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ-६ सिलिङगे बस्ने ६८ वर्षिया श्रीमाया तामाङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन् ।
तामाङ आफन्तको घरबाट घर फर्कने क्रममा बुधबार साँझ सोही स्थानमा भीरबाट लडेकी थिइन। उनलाई उद्धार गरी भरतपुर लगिएकोमा उपचारको क्रममा विहीबार बिहान भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको डिएसपी रिमालले बताए ।








