
हेटौडा \ कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हेटौडा ९ स्थित संवेदनशील टोल विकास संस्थाले बुधबार आफ्नै कार्यसमिति मार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
हेटौडा ९ नं वडा कार्यालय को टोल विकास संस्था मार्फत चेक संकलन गरी सामाजिक सुरक्षा भत्ता उसै मार्फत वितरण गर्ने निर्णय गरे अनुसार टोल विकास भित्र रहेका जेष्ठ नागरिक, एकल महिला, अपाङगता लगाएतलाई घरमै पुगेर भत्ता वितरण गरिएको टोल विकासका अध्यक्ष नबराज कोइरालाले बताए।
बैंकले भिडको कारण कोरोना जोखिम अझ बढ्न सक्ने भएकाले वितरण गर्न असमर्थता जनाए पछि वडा कार्यालयको निर्णय अनुसार घरमै भत्ताको व्यवस्था गरिएको टोल विकास संस्थाकी सचिव लक्ष्मी वनले बताइन। यस भन्दा अगाडी बैक मार्फत सामाजिक सुरक्षा भत्ता बुझेका जेष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला कोरोनाको विषम परिस्थितिमा घरमै भत्ता बुझ्न पाउँदा हर्षित भएका थिए।









