समाचार

म्यान मकवानपुरद्धारा प्रहरीलाई माक्स सहयोग

संवाददाता

कोरोना भाइरस महामारी फैलिएको अवस्थामा मोवाइल एसोशियसन अफ नेपाल मकवानपुरले अग्र स्थानमा रहेर काम गर्ने प्रहरीलाई माक्स तथा सेनिटाइजर सहयोग गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखरालाई एक हजार थान माक्स र १० लिटर सेनिटाइजर सहयोग गरिएको एसोशियसनका अध्यक्ष दिनेश लामाले बताए ।

लामाको नेतृत्वमा पुगेको एसोशियसनका पदाधिकारीले वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक कृष्ण विष्ठलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।