
कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेको बेला हेटौंडा बजारमा झन कडाई सुरुवात गरिएको छ । बजारमा माक्स प्रयोग गर्न केहि दिन देखी प्रहरी प्रशासन मात्र नभई सामाजिक संघसंस्था बजार क्षेत्रमा पुगी माक्स प्रयोग गर्नुस भन्दै निशुल्क माक्स वितरण गरिरहेका छन् ।
आज शुक्रबार भने मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार अग्रवालले माक्स प्रयोग गर्नुस भन्दै हेटौंडामा माक्स वितरण गरेका छन् । हेटौंडाको चेम्बरमार्ग हुदैं पिपलबोट, बुद्धचोक र राप्तिरोडका क्षेत्रमा सर्वसाधारण र व्यवसायीहरुलाई कोरोना भाइरसबाट बच्न र बचाउन माक्स प्रयोग गर्न आग्रहका साथ माक्स वितरण गरिएको अग्रवालले बताए । करिब तीन हजार पाँच भन्दा व्यक्तिहरुलाई माक्स वितरण गरिएको उनले बताए । उनी सँगै उनको सम्पूर्ण प्यानलका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।








