
मकवानपुरगढीमा गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम व्यावसायिक गाईपालन सम्बन्धी आधारभुत अन्तरक्रिया कार्यक्रम भएको छ ।
आइतबार मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजना तथा प्रोगोसिप डेरी एण्ड एग्रो सोलुसन प्रा.लिको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा व्यावसायिक गाईपालनका फाईदा, चुनौती र अवसरका विषयमा छलफल गरिएको सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका गाउँपालिका अध्यक्ष विदुर हुमागाईले गाउँपालिकाले कृषि, पर्यटन र उद्योगको विकासमा विशेष ध्यान दिएको भन्दै त्यसका लागि विभिन्न कार्यक्रमका साथ काम गरिरहेको बताए । कृषिमा लागेका किसानको लागि उत्पादन बिक्रीका आधारमा दुधमा प्रतिलिटर तथा खाद्यान्नमा प्रतिकेजी अनुदान दिने कार्यक्रम लागू गरिएको भन्दै उत्पादन तथा बिक्रीमा जसको धेरै योगदान रह्यो त्यति नै धेरै अनुदान पाउने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा विकेन्द्रीकृत आयोजना सहयोग ईकाइ नेपाल लाइधस्टक सेकटर इनोभेसन आयोजनाका प्रमुख डा. बिदुर गौतम, वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे , प्रोगोसिप डेरी एण्ड एग्रो सोलुसनका डा. रेखा केसी, गोपाल थापा, सहकारी संस्थाका पुर्व अध्यक्षहरु अनिरुद्र दाहाल, तेजप्रसाद लम्साल, कृष्ण प्रसाद पोखरेल, व्यवस्थापक बलराम हुमागाई, सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, संचालक ,शेयर सदस्य ,कर्मचारी लगायत किसानहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।








