
थाहा \ विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले शनिबार मकवानपुरको थाहानगरमा तेस्रो नगर सम्मेलन गरेको छ । अनेरास्वसिवयु थाहानगरका अध्यक्ष दीपेन्द्र दियालीको अध्यक्षता तथा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य प्रदीप अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो ।
थाहानगरको दामनमा भएको सम्मेलनले सुजन सिन्तानको अध्यक्षतामा १९ सदस्यीय कमिटि चयन गरिएको छ । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश सुवेदी, जिल्ला संयोजक आकाश पाख्रीन, सहसंयोजक श्रवण कुमार बर्तौला, प्रचार विभाग प्रमुख मोहनचन्द्र चौलागाई, जिल्ला सदस्य मुकेश गोले लगायतको उपस्थिती रहेको थियो ।








