समाचार

हेटौंडामा निशुल्क स्वास्थ्य शिविर

संवाददाता

हेटौंडामा शनिबार निशुल्क स्वास्थ्य शिविर भएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा ५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

जनप्रभाह क्लबको विशेष सहयोगमा मधुमेह परिक्षण, उच्चरक्त चाप परिक्षण गरिएको संस्थाका अध्यक्ष जानकी चौधरीले बताइन् । शिविरमा एक सय ५० जनाले सेवा लिएको उनले बताइन् ।

हेटौंडा उपमहानगर वडा ५ का अध्यक्ष राजेश बानियाँको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष जानकी चौधरीको अध्यक्षतामा शिविर कार्यक्रम भएको थियो । सहकारीले हरेक वर्ष विभिन्न कार्यक्रम सहित आफ्ना शेयर सदस्यलाई स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परिक्षण गराउदैं आएको छ ।