
रोटरी क्लब अफ मकवानपुरले पुस्तक सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी हेटौंडा ४ कमलडाडाँमा रहेको रोशनी पुस्तकालयलाई पुस्तक सहयोग गरेको हो । वार्षिक कार्यक्रम अनुरुप पुस्तक व्यवसायीको सहयोगमा रोटरी मकवानपुर र रोट्रयाक्टको संयुक्त आयोजनामा पुस्तक सहयोग गरिएको रोटरीका अध्यक्ष कविन साँगामीले बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी महासंघ मकवानपुरका अध्यक्ष विज्ञान रिमालको प्रमुख अतिथ्यता तथा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन साँगामीको अध्यक्षतामा पुस्तक सहयोग गरिएको हो । २५ देखि ३० हजारसम्म बराबरको मुल्य परेका पुस्तक सहयोग गरिएको थियो । विभिन्न उपन्यास, नेपाली भाषाका ज्ञानबद्र्धक पुस्तक सहयोग गरिएको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोटरी तथा रोट्रयाक्टका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।








