समाचार

चेतना अभिवृद्धि दिनको लागि सांगितिक कार्यक्रम हुने

संवाददाता

हेटौंडामा लागुऔषध विरुद्ध प्रथम सांगितिक महोत्सव २०७७ हुने भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था हेटौंडा उपमहानगर वडा ९ कार्यालयका अध्यक्ष लक्ष्मण भण्डारीले चेतना अभिवृद्धि दिनको लागि विभिन्न स्टल सहित सांगितिक कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले लागुऔषध सेवन गर्ने हेटौंडामा धेरै सेवनकर्ता रहेको अवस्थामा हेटौंडा ९ का विभिन्न क्षेत्र डम्पिन साइडको रुपमा बनाइएको छ । रातोमाटे क्षेत्र र अन्य क्षेत्रबाट सेवन गरिएको खोल तथा अन्य चिजविज हेटौंडा ९ कै विभिन्न क्षेत्रमा फाल्ने काम भइरहेको बताए ।

आयोजकको रुपमा रहेको सिआन पुर्नःस्थापना केन्द्रका प्रमुख सौजन डिसीले लागुऔषध विरुद्ध पहिलो चोटी विभिन्न स्टल सहित सांगितिक कार्यक्रम चैत्र २४ गते देखि बैशाख १ गते सम्म महोत्सव सञ्चालन गरिने बताए । हेटौंडा ९ लामसुरेडाँडामा हुने महोत्सवमा एक सय देखि करिब २ सय वटा स्टल रहने बताए ।

महोत्सवमा धिरज राई, उदय/मनिला सोताङ, कमल क्षेत्री, सत्यस्वरुप आचार्य, विद्या तिवारी कुलेन्द्र विक, रोज मोक्तान, एस कुमार लगायत स्थानीय कलाकारको प्रस्तुती रहने कार्यक्रम संयोजक अजित राईले बताए । उनका अनुसार १९ लाख ५० हजार खर्च हुने र करिब तीस हजार दर्शकले अवलोकन गरिने बताए छ ।