समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

संवाददाता

काठमाण्डौ \  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक मङ्गलवार आज बस्दै छ । मङ्गलवार बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र सत्ता साझेदारीको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने एक सदस्यले बताएका छन् ।

स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आउँदो कार्ययोजना लगायतबारे पनि छलफल हुने बताइएको छ ।