
दुई दशक देखि हेटौंडामा व्यवसाय क्षेत्रमा लाग्दै आएका व्यवसायी अनिलभक्त श्रेष्ठ आसन्न मकवानपुर उधोग वाणिज्य संघको निर्वाचनमा वाणिज्य तर्फ सदस्य पदमा उम्मेदवारी दिदै छन् । लामो समय देखि व्यवसाय गर्दै आएका श्रेष्ठ मकवानपुरमा प्रशोधित मिनिरल वाटर भित्र्याउने पहिलो व्यवसायी हुन् ।
श्रेठले विसं २०५९ सालमा मकवानपुरमा मिनिरल वाटर पानी व्यवसाय भित्र्याएका थिए । आस्था ईन्टरप्राईजेजका प्रोपाईटर रहेका श्रेष्ठ हाल मकवानपुर अधिकृत बिक्रेता संघको कोषाध्यक्ष समेत हुन् । श्रेष्ठले २० वर्ष अगाडि हिमालय डेरीको दहीको जुसबाट व्यवसाय सुरुवात गरेका थिए । उनले आफनो घरमै सानो चाईनिज झोला उद्योग समेत सञ्चालन गरेका छन् । संघमा आफ्नो उम्मेदवारी व्यवसायीहरुको हकहितकै लागी उम्मेदवारी रहेको बताउछन् ।
नेतृत्व पाएपछि अध्यक्ष र कार्यसमितिको सल्लाहमा व्यवसायीको समस्या समाधानमा घरघर पुग्ने उनको चाहाना रहेको छ । विसं २०६४ देखी चाउचाउ विस्कुट, जुस, सरफ, साबुन लगाएतका व्यवसायहरु श्रेष्ठले सम्हाल्दै आएकाछन् । चुनावमा नारा मात्र होईन यर्थातमा व्यवसायको समस्या हल गर्न घरदैलो पुग्ने बाचा गर्दै आफुलाई आसन्न निर्वाचनमा वाणिज्य तर्फको सदस्य पदमा जिताउन अपिल गर्दछन उम्मेदवार अनिलभक्त श्रेष्ठ ।








