समाचार

व्यक्तिगत भन्दा समग्र व्यवसायीको हितको लागि आफ्नो उम्मेदवार : व्यवसायी श्रेष्ठ

संवाददाता

सिधाखबर \ खबर बाकस \ लामो समयदेखि हेटौंडामा व्यवसाय गर्दै आएका विनय एण्ड विकेश सप्लायर्सका संचालक युवा व्यवसायी विकेशलाल श्रेष्ठ आसन्न निर्वाचनमा मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा उम्मेदवारीको रुपमा रहेका छन् । वाणिज्य तर्फको सदस्यका लागि उम्मेदवारी घोषणा गरेका श्रेष्ठ चुनावमा होमिएका छन् ।

श्रेष्ठले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका काम गर्ने प्रतिबद्धतासहित ८ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरिनुका साथै व्यवसायी माझ घरदैलो गरि मतदानको लागि अपिल गरेका छन् । सामाजिक कार्यमा समेत हेटौंडा उपमहानगर १ का स्थायीबासी श्रेष्ठले पहिलो पटक संघको सदस्यमा उम्मेदवारी दिएका हुन् । उनले आफुले व्यवसायीका समस्या पहिचान गर्दै उनीहरुको हितमा काम गर्ने बताएका छन् । उनले उद्योगी व्यवसायीहरुसँग सहकार्य गर्दै व्यवसायिक र उपभोक्ताहितको क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको बताए । उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा थलोको रुपमा अघि बढाउनेतर्फ आफ्नो सधैं पहल रहने बताउँदै यसलाई सानादेखि ठूला व्यवसायीले उत्तिकै पहुँच राख्ने संस्थाको रुपमा अघि बढाउन आफ्नो पहल रहने बताउछन् ।

May be an image of 1 person and text that says '"मर्यादित व्यवस्थित मकवानपुर उद्योग वाणिज्य संघको निर्माणमा हामरो भुमिका र जिम्मेवारी" मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको सदस्य पदका युवा उम्मेद्वार श्री विकेशलाल श्रेष्ठलाई अत्याधिक वहुमतले विजय गराओं I विनय एण्ड विकेश सप्लायर्स हेटौंडा-१, मकवानपुर मो.नं. ९८५५०७७१७८, ९८०११०२०४०'

व्यवसायिक संस्थामा प्रवेश गरेपछि आफुले राजनैतिक आस्था र बिचारबाट भन्दा र व्यक्तिगत स्वार्थ भन्दा आम व्यवसायीहरुको स्वार्थको लागि लाग्नुका साथै व्यवसायीको सुझाव अनुसार अघि बढ्ने अठोट राखेको बताउँछन् । उनले आफुले अहिले पनि आवश्यक पर्दा व्यवसायीको समस्या समाधानमा साथ दिईरहेको बताउँदै संघमा जिम्मेवारी पाए यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । मउवा संघलाई प्रविधिमैत्री बनाउने, साना तथा घरेलु उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा ३६५ दिन नै हेल्प डेक्सको स्थापना गरी त्यहाँ पुगेका उद्योगी व्यवसायीलाई सहजिकरण गर्न प्रयास गर्ने उनको भनाई छ ।

करको अज्ञानताका कारण धेरै व्यवसायीहरु मारमा परिरहेको अवस्थामा व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत र विशेष तालिम निःशुल्क उपलब्ध गराउनेतर्फ आफुले अग्रसरता लिने बताए । घरधनी, घरबहालमा बस्ने र सरोकारवाला निकायसंगको अन्तरक्रियामार्फत घर बहाल कर सम्बन्धी समस्या समाधान गर्न घर बहाल कर सम्बन्धित घरधनीले भुक्तानी गर्नुपर्ने प्रचलित नियमलाई कार्यान्वयनका लागि पहल गर्ने उनको भनाई छ ।

व्यवसायिक समानता र एकरुपता कायम गर्ने, व्यवसायीलाई उपभोक्ताप्रति जिम्मेवार बनाउने, समयसमयमा अनुगमन गर्ने र सहयोग सुझाव प्रदान गर्ने, व्यवसायीलाई पर्ने गरेका प्रशासनिक जटिलता अन्त्य गर्नको लागि पहल गर्ने उनको दावी छ । संघको ५४ औँ साधारणसभा चैत २१ गते र निर्वाचन तालिका २३ गतेका लागि तय भएको छ ।