समाचार

अभिभावक र विद्यार्थीहरुको स्वास्थ्य परीक्षण

संवाददाता

हेटौडा \  हेटौंडा-६  बारुते कुमलटार मा रहेको कृष्ण आधारभूत विद्यालयको  आयोजना तथा  माउण्टेन हर्ट नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य परीक्षणमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन ।

शिविरमा नाक, कान, घाटी, सुगर, प्रेसर ,बाथ, छाला, मुटु, पेट रोग  र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण  गर्नुकासाथै औषधि वितरण गरिएको थियो। शिविरमा हेटौडा–६ का वडा सदस्य रामहरि राई, माउण्टेन हर्ट नेपालकी अध्यक्ष गोमा गौतम,सञ्चारकर्मी भीमसेन पौडेल, सुनिल शिवाकोटी, आमा समूहकी अध्यक्ष ईश्वरी ढुङगाना, शिक्षिका सरिता चौलागाँई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा डाक्टर शर्मा, अवन गौतम, रिमा शर्मा, पविता ढुङगाना, विजया श्रेष्ठ, स्टाफ नर्स करुणा सापकोटा र सरु कोजुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए।

विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य परीक्षणमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरेले बताइन। हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा भएको  शिविरिमा १ सय ४० जना अभिभावक र १ सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको  प्रधानाध्यापक  घिमिरेले जानकारी दिइन।