समाचार

दुई पुरुषको शव फेला

संवाददाता

काठमाण्डौ \  काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई पुरुषको शव भेटिएको छ । शवको परिचय भने खुल्न नसकेको दक्षिणकाली प्रहरीले जनाएको छ ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । शव अहिले पनि घटनास्थलमा नै छ । शव भेटिएकामध्ये एक जना १८–१९ वर्षका अर्का २५–२६ वर्षका जस्ता देखिन्छन् । दुवैको मुखबाट फिँज निस्किएको छ । घटनाको थप अनुसन्धान भइरहेको दक्षिणकाली प्रहरीले जनाएको छ ।