समाचार

सञ्चारकर्मी लामाको पहलमा शैक्षिक सामग्री वितरण

संवाददाता

हेटौंडा \ मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटे मेल्टारमा रहेको माध्यामिक विद्यालयका विद्यार्थीलाई विदेशी नागरिक मार्कुस बेलिङ्गरको सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चनको पहलमा बिहिबार विद्यालय पुगेर मार्कुस बेलिङ्गरबाट सहयोग प्राप्त भएको ट्रयाक सुट तथा शैक्षिक सामाग्रीमा विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने ३५ जना विद्यार्थीलाई ट्रयाक सुट, जुक्ता, मोजा, खेलाउन सामाग्री फुटबल र शैक्षिक सामग्री वितरण गरिएको छ । जर्मनीबाट जल्मा स्याङ्तानको नेतृत्वमा बिदेशी नागरिक मार्कुसले विपन्न, गरिब तथा पिछडिएका विद्यार्थीहरुलाई सहयोग गरिएको हो । विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सामग्री सहयोग गरेको मार्कुसको भनाई रहेको अभियन्ता लोप्चनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आचार्य, विद्यालयका प्रधानाध्यपक सुब्बा आले, अन्य शिक्षक/शिक्षिका र अभिभावकहरुको उपस्थितिमा सामाग्री वितरण गरिएको सञ्चारकर्मी लामाले जानकारी दिए ।

सामाग्री वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक आलेले सहयोगीदातालाई धन्यवाद दिएका छन् । यसअघि सञ्चारकर्मी लामाको नेतृत्वमा मकवानपुरगढी–५ मा रहेको ज्योति प्रा।वि, मनहरी गाउँपालिका–२ मा रहेको सिता मावि र मकवानपुरगढी–७ मा रहेको बागेश्वरी प्रा.विमा सामाग्री वितरण गरिसकेका छन् ।