
बागमती प्रदेश निर्माण व्यवसायी महासंघको सह-कोषाध्यक्षमा मकवानपुरका युवा तथा निर्माण व्यवसायी राजेश भेटुवाल चयन भएका छन।
धादिङको सदरमुकाम धादिङबेसीमा दुई दिन सम्म चलेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशनले सर्वसम्मत सुमित श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। मकवानपुरका युवा तथा निर्माण व्यवसायी भेटुवाल उक्त कार्य समितिको सह-कोषाध्यक्षमा पदमा चयन भएको हुन।
नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु (भक्तपुर), उपाध्यक्षमा दिपेन्द्र थापा (सिन्धुपाल्चोक) महासचिवमा राजकुमार बुढाथोकी (काभ्रे),उप महासचिवमा भक्तबहादुर बस्नेत (काठमाडौं), सचिवमा कृष्णकुमार केसी (ललितपुर),कोषाध्यक्षमा उमेश रिजाल (धादिङ) र सदस्यहरुमा राजेन्द्र उप्रेती (दोलखा),पदमबहादुर श्रेष्ठ (धादिङ), लिलाकुमारी थापा (सिन्धुली), हिरा लामा (काभ्रे), इन्द्रबहादुर तामाङ (रामेछाप), चन्द्रबहादुर वाईवा (काठमाडौं) र लामा रेन्जन घले (रसुवा) रहेका छन् ।








