समाचार

सामाजिक सुरक्षा भत्ता अब बैंक मार्फत

संवाददाता

मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिने भएको छ । गाउँपालिकामा रहेको नेपाल बङ्गलादेश बैंक र गाउँपालिकाबीच भएको सम्झौता अनुरुप भत्ता वितरण बैंक मार्फत गर्न लागिएको हो ।

आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको उपस्थितीमा बङ्गलादेश बैंक मकवानपुरगढी शाखा प्रवन्धक बद्रीविक्रम थापा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सम्झौतामा हस्ताक्षर गरेका छन् । तत्काल यो सेवा वडा नम्बर ३ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई सेवा प्रदान गरिने र यसको सेवा विस्तारै गाउँपालिकाको सबै वडाहरुमा पु¥याउने अधिकृत पुडासैनीले बताए ।

सामाजिक सुरक्षा भत्ता अन्तरगत ७० वर्ष माथिका जेष्ट नागरिक, अशक्तअपाङ्ग, एकल महिला, जेष्ट नागरिक दलित, दलित बालबालिका, पूर्ण अपाङ्ग र विधवालाई भत्ता वितरण गर्दै आइरहेको पुडासैनीले बताए ।