
नेपाल घरवहाल उपभोक्ता संघ मकवानपुरको अध्यक्षमा पवनकुमार भगत चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले भगतको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँकार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समीरलाल डंगोल, उपाध्यक्षमा शशी श्रेष्ठ, महासचिवमा ओमदास श्रेष्ठ, सचिवमा कञ्चनमाला राजभण्डारी तथा कोषाध्यक्षमा जीवनाथ अधिकारी चयन भएका छन् । संघको सदस्यहरुमा भने विशाल श्रेष्ठ, कृष्ण लामा, कृष्णप्रसाद धिमाल, सुवास न्यौपाने, अम्बिका घिमिरे, नवी मियाँ अन्सारी, होमप्रसाद भण्डारी, विश्व श्रेष्ठ तथा सुकुन्दप्रसाद आचार्य रहेका छन् ।
नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनालको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।








