समाचार

प्रगतिशिल महिला विकास संस्थाको साधारणसभा

संवाददाता

हेटौंडा \ हेटौंडा–१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।

संस्थाकी अध्यक्ष प्रमिला सिग्देल सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा शनिबार १७ औं साधारणसभा भएको हो । सभामा संस्थाकी सचिव मन्दिरा घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बनारसी उप्रेतीले आर्थिक प्रतिवेदन र संस्थाकी व्यवस्थापक कल्पना पराजुलीले शेयर कारोबारको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा हेटौंडा–१७ का वडासदस्य टिकाप्रसाद तिमल्सिना,कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता तथा बचत ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष सम्झना खरेल, रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदारप्रसाद गौतम,संस्थाका सल्लाहकार प्रमेश पराजुली, राधिका गौतम लगायतको उपस्थिती रहेको थियो ।