समाचार

नारी दिवसमा रक्तदान

संवाददाता

सिधाखबर \ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । १७ जना महिला र २६ जना पुरुषले रक्तदान गरेका छन् ।

दिवसको अवसरमा रगत अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको मेची महाकाली बुहारी संयुक्त आवाज हेटौंडा शाखाका कविता थापा खरेलले बताइन् ।

सोही अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज हेटौंडा शाखापरिवारले हेटौंडाको बुद्धचोकमा माक्र्स वितरण, सडक नाटक कार्यक्रम गरेको थियो ।