
हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरले बिहीबार नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको १० औं स्मृति दिवसको अवसरमा स्मृति सभाको आयोजना गरेको छ । कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको सभामा धारणा राख्दै नेताहरुले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्त नेता कृष्णप्रसाद भट्टराईबाट धेरै कुरा सिक्नुपर्ने धारणा रोखका थिए । ।
सन्त नेता भट्टराईले तोकेको समयमा निर्वाचन गरेको, आफूले हार्ने बित्तिकै पदबाट राजीनामा दिएको स्मरण गर्दै कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकारका प्रधानमन्त्रीले पाठ सिक्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पूर्व सभापति रामचन्द्र अर्याल माइकल, कार्यबहाक सभापति विष्णु प्रसाद लामिछाने, पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्राध्यापक कृष्णप्रसाद दाहाल, कांग्रेसको प्रशिक्षण प्रतिष्ठान मकवानपुर उपाध्यक्ष दोर्जे लामालगायतले कृष्णप्रसाद भट्टराईको व्यक्तित्व र योगदानको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतको आतिथ्यता थियो ।








