समाचार

दलित पत्रकार संघ मकवानपुरमा शुभलक्ष्मी

संवाददाता

 हेटौंडा \ राष्ट्रिय दलित पत्रकार संघ मकवानपुरको प्रथम जिल्ला भेला मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।
जिल्ला भेलाले क्रियाशिल पत्रकार शुभलक्ष्मी बिश्वकर्माको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ । संघको उपाध्यक्षमा रुपक कालिराज, सचिबमा शान्ति सुनार, सहसचिबमा युवराज बिश्वकर्मा, कोषाध्यक्षमा पारु परियार रहेका छन् ।

यसैगरी समतिको सदस्यहरुमा प्रज्वल सुनार, सिभा सुनार, बिश्व सुनार र प्रसंसा विश्वकर्मा चयन भएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको बिशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियार लगायतकाको आतिथ्यता रहेको थियो ।