
यही १३ गते विहीबार मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य र मकवानपुरका पूर्व अध्यक्ष राजकुमार न्यौपाने ओली समूहको नेकपामा प्रवेश गरेका छन् । शनिबार उनीलाई प्रधानमन्त्री केपी ओलीले खादा लगाई नेकपामा प्रवेश गराएका हुन् ।
आफु कुनै पार्टीमा नरहेको बताउने व्यवसायी न्यौपाने दुई दिन नबित्दै ओली समुहमा प्रवेश गरेका हुन् । अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रममा पत्रकार माझ आफ्नो सर्वाेच्च भनेकै व्यवसायी हुन् भन्ने न्यौपानेले आफु पार्टीको नेता नभइ व्यवसायीको नेता भएको दाबी गरेका थिए ।
तर उनी व्यवसायी लाई दिएको आश्वासन दुई दिनमै तुहाइदिएका छन् । आफु पदका लागि कुनै दल र नेताको शरणमा नजाने भन्ने र अहिले नेताको शरण पुग्नुले धेरै व्यवसायीले उनी प्रति सोच्नुपर्ने अड्कल काटेका छन् ।








