
हाउस अफ व्युटि सलोनको प्रस्तुतमा बागमती प्रदेश राजधानी हेटौंडामा सात दिने हेयर क्लास वर्कसप शुक्रबार समापन भएको छ । हेयर क्लबस गत ७ गतेबाट सञ्चालन गरीएको थियो । रोशन टे«र्डसका सञ्चालक रोशन ढकालको अध्यक्षता तथा अन्तर्राष्ट्रिय सर्टिफिकेट प्राप्त हेयर एण्ड मेकअफ आर्टिस्ट सोनिस्ता लामा चन्दको प्रमुख आतिथ्यता रहेको थियो । उनलेनै सात दिन प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिएकी थिइन् । उनीले रसियन हेयर स्टाईल डिजाइनबारे पनि जानकारी दिएकी थिइन् ।
मकवानपुरका सहित ७ जिल्लाका ३० जना उक्त वर्कसपमा सहभागिता जनाएका थिए । अर्किड व्युटी पार्लरकी माया राना, राष्ट्रिय सौन्द्रर्यकर्मी युनियन केन्द्रीय उपमहासचिव अस्मिता श्रेष्ठ, प्रदेश अध्यक्ष गिता मैनाली, नेपाल व्युटिसियन संघ प्रदेश संयोजक तारा कार्की जिल्ला अध्यक्ष रिना गौतम र डा. दिपेन्द्र चन्द लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सुमन श्रेष्ठले सञ्चालन गरेका थिए ।








