
हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेकोमा प्रतिक्रिया दिंदै नेता बानियाँले सर्वोच्चको निर्णयलाई नेपाली कांग्रेसले स्वागत गरेको बताएका हुन् ।
उनले सर्वोच्चको निर्णयले नागरिकमा स्वायत्त न्यायालयप्रति सम्मान बढेको र यसले पनि नागरिक सर्वोच्चता कायम भएको बताए । नेपाली कांग्रेसले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गर्ने कार्यलाई असंवैधानिक भन्दै वडा तहसम्म विरोध प्रर्दशन गरेको बताउँदै उनले जनताको पक्षमा सर्वोच्चको फैसला आएको बताए ।








