समाचार

अध्यक्षमा सिग्देल,सचिवमा पुलामी

संवाददाता

हेटौंडा \ प्रचण्ड-नेपाल समुह नेकपा मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन।

नेकपा प्रचण्ड-नेपाल समुहले आज देशका ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएसँगै मकवानपुरको अध्यक्षको जिम्मेवारी सिग्देल र सचिवको जिम्मेवारी पुलामीलाई दिइएको हो । सिग्देल र पुलामी नेकपा दुुुुई खेमामा विभाजित नहुदा सोही पदम रहेेका थिए।

प्रचण्ड-नेपाल समुहले गरेकोभागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले (माधव नेपाल)पक्षधरले नेतृत्व पाएको छ।

Screenshot_20210222-13182-1613980155.jpg