
सिधाखबर \ हेटौंडा १० स्थित भुटनदेवी मन्दिरलाई आर्थिक सहयोग गरिएको छ । आइतबार मोवाईल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुरले भुटनदेवी मन्दिरलाई नगद २१ हजार १११ रुपैया आर्थिक सहयोग गरिएको हो ।
भुटनदेवी मन्दिर विकास समितिका अध्यक्ष राममान श्रेष्ठलाई म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाले चेक हस्तान्तरण गरेका थिए ।
म्यान मकवानपुरका कार्यसमिति र आवद्ध सदस्यहरुबाट संकलित रकम मन्दिर व्यवस्थापनको लागि सहयोग गरिएको महासचिव राजकुमार दाहालले बताए । कार्यक्रममा संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निर्वतमान अध्यक्ष एसीस रिजाल, एशोसियसनका सल्लाहकार सविन न्यौपाने, कार्यक्रम संयोजक लक्ष्मण न्यौपाने लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।








