
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमण मुक्त भएसँगै संक्रमण निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ८ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।








