
हेटौंडाका जनप्रतिनिधिले अपराध न्युनिकरणको लागि सिसीटिभी क्यामरा सहयोग गरेका छन् । हेटौंडा उपमहानगर वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले दुई थान मोनिटर सहित सिसीटिभी क्यामरा सहयोग गरेका हुन ।
प्रहरी चौकी चौघडालाई अपराध र दुर्घटना न्युनिकरणको लागि आफुले पाउने उपमहानगरपालिकाबाट पाउने सेवा सुविधाको रकमबाट प्रहरी चौकीलाई सहयोग गरिएको वडा सदस्य बास्तोलाले बताए । हेटौंडा ६ लाई अपराधमुक्त बनाउने हाम्रो अभियान जारी रहेको बताएका छन् ।








