
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ता (अग्रवाल)ले आफ्नो चुनावी प्रचारप्रसारको लागि हेटौंडा १० भीमसेन मार्केटमा कार्यालयको शुभारम्भ गरेका छन् ।
मंगलबार अग्रवालले ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रममा अध्यक्ष पदको उम्मेदवार भएकाले कार्यालय सञ्चालन गरीएको बताए । कार्यालय शुभारम्भमा संघका पूर्व उपाध्यक्ष सहित हेटौंडाका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
३८ वर्ष देखि हेटौंडामा व्यापार व्यवसाय गर्दै आएका अग्रवाल संघको २ कार्यकाल सदस्य र २ कार्यकाल वाणिज्यतर्फको उपाध्यक्ष भइ काम गरिसकेका छन् । हेटौंडामा एक मोहोरमा जिरामरिच बचेको बेला सम्झदैं अग्रवालले आफु व्यवसायीको सहकार्य र एकतामा विश्वास रहेको बताए । अब केहि दिनमा व्यवसायी लक्षित घोषणा पत्र जारी गर्ने बताउदैं अग्रवालले सबै व्यवसायीले आफुलाई सहयोग गर्न आग्रह गरे ।








