समाचार

गिरीद्धारा विद्यालयमा गोलघर निर्माण

संवाददाता

नेपाली कांग्रेस मकवानपुरकी नेतृ तथा समाजसेवी जानकी गिरीले विद्यालयमा गोलघर निर्माण गरेकी छिन् । सरस्वती पुजाको अवसर पारेर हेटौंडा १ चाइनाक्वाटरमा स्थित अमर माध्यामिक विद्यालयलाई गोलघर निर्माण गरी सहयोग गरेकी हुन् ।

सोही स्थान निवासी गिरीले विद्यालय परिसरमा एक लाख खर्चमा बालबालिकालाई खाजाखाने गोलघर निर्माण गरीवडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख अतिथ्यतामा सरस्वती पुजाको दिनमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेकी छिन् ।

साना साना विद्यार्थी भाइबहिनीलाई खाजा खानेबेला सहज होस भन्ने हेतुले आफ्नै खर्चमा गोलघर निर्माण गरीएको गिरीले बताइन् । गिरी नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य पनि हुन् ।