समाचार

हाम्रो घरलाई लेडी जेसीसद्धारा शैक्षिक साम्रागी सहयोग

संवाददाता

हेटौंडा लेडी जेसीसद्धारा हेटौंडा ५ मा रहोके हाम्रो घर बालगृहलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

सरस्वती पुजाको अवसर पारेर बालगृहलाई शैक्षिक सामाग्री तथा मनोवैज्ञानिक उपयोगी पुस्तक सहयोग गरीएको वर्ष २०२१ का अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् । वडा ५ का अध्यक्ष राजेश बानियाँको प्रमुख अतिथ्यता भएको कार्यक्रममा अध्यक्ष बानियाँले बालगृहको संरक्षक इन्दिरा न्यौपानेलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लेडी जेसीसका पूर्व अध्यक्ष रश्मि बस्नेत सहित जेसीस पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।